stcnepal long ad
ime life insurance
national life
global ime bank long

किफायती मूल्यमा धेरै रेन्ज र फिचर खोज्ने ग्राहकलाई एथरको नयाँ स्कुटर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इलेक्ट्रिक स्कुटर उत्पादक कम्पनी एथर इनर्जीले आम उपभोक्तालाई लक्षित गर्दै आफ्नो पहिलो मास मार्केट इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको छ ।

कम्पनीले आगामी २९ अगस्टमा आयोजना हुने ‘एथर कम्युनिटी डे’ को चौथो संस्करणका अवसरमा यस नयाँ मोडललाई प्रदर्शन गर्ने जनाएको छ ।

नयाँ स्कुटरको आगमनसँगै एथरले किफायती मूल्यमा धेरै रेन्ज र फिचर्स खोज्ने ग्राहकहरूलाई आकर्षित गर्ने रणनीति लिएको छ । एथरको यो नयाँ स्कुटर पूर्ण रूपमा नयाँ ‘ईएल प्लेटफर्म’ मा आधारित हुने पहिलो मोडल हुने वताइएको छ ।

परीक्षणका क्रममा सडकमा देखिएको यस स्कुटरलाई एथरले ईएस०१ कोडनेम दिएको छ । एथरको चर्चित ४५० एक्स सिरिजको तुलनामा यस नयाँ मोडलमा लामो ह्विलबेस र फराकिलो तथा आरामदायी सिट रहनेछ, जसले दैनिक  पारिवारिक  यात्रालाई थप सहज बनाउने विश्वास लिइएको छ ।

मेकानिकल बनावट र कार्यक्षमताका हिसाबले यो स्कुटर निकै सबल र व्यावहारिक हुने बताइएको छ । यसमा प्रयोग गरिएको ईएल प्लेटफर्मले २ किलोवाट आवरदेखी ५ किलोवाट आवरसम्मका ब्याट्रीलाई सहजै सपोर्ट गर्दछ ।

स्विङ–आर्ममा जडान गरिएको इलेक्ट्रिक मोटरको प्रयोग गरिने यस स्कुटरलाई आरामदायी बनाउन अगाडी टेलिस्कोपिक फर्क र पछाडि सिंगल शक एब्जर्बर उपलब्ध गराइने छ ।

एथरको अहिलेसम्मकै किफायती र व्यावहारिक मानिएको यो नयाँ मोडल सार्वजनिक भएपछि यसले भारतीय तथा नेपाली बजारमा कडा प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास गरिएको छ ।

IME Lifesidebar
kumari