stcnepal long ad
ime life insurance
national life
global ime bank long

घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्ली राज खड्कालाई ६ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।

अख्तियारको टंगालस्थित कार्यालय र इटहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई दमक नगरपालिका-१ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको हो। टोलीले उनलाई सेवाग्राहीबाट लिएको भनिएको ६ लाख रुपैयाँसहित पक्राउ गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार पुलको पुन:डिजाइन स्वीकृत गराउने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै खड्काले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। आयोगका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

IME Lifesidebar
kumari