citizens life insurance long ad
stcnepal long ad

निषेधाज्ञामा बीमा समितिको पाँच बुँदे निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई आज पाँच बुँदे निर्देशन जारी गर्दै स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञा अवधीमा भोलिबाट एक तिहाई कर्मचारीबाट दैनिक कार्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको छ । बीमा समितिले कर्मचारीलाई फोटो सहितको परिचय पत्र लगाएर कार्यालय आऊ–जाऊ गर्न भनेको छ ।

त्यस्तै बीमा समितिले निषेधाज्ञा अवधीमा समाप्त हुने बीमा पोलिसी आगामी भदौं १५ गतेसम्म कायम रहने र आगामी भदौं १५ सम्म बीमा शुल्क बुझाउँदा सो मा ब्याज नलाग्ने व्यवस्था गर्न समेत जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिले बीमा अभिकर्ता तथा सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद समेत थप गर्ने निर्णय गरेको छ । बीमा समितिद्वारा आज जारी निर्देशनमा सर्भेयर, बीमा अभिकर्ताको लाईलेन्सको नविकरण गर्ने म्याद थप गरी भाद्र मसान्तसम्म कायम गर्ने र भाद्र मसान्तसम्म नविकरण गर्दा जरिवना नलिने निर्णय गरिएको छ ।

त्यसैगरी, निर्जिवन बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट समेत बीमा दावी भुक्तानीको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

साथै निर्जिवन बीमा पोलिसी निषेधाज्ञा अवधीमा समाप्त भएमा विद्युतीय माध्यमबाट म्याद थप गर्न पत्र प्राप्त भएमा त्यस्तो बीमालेख भाद्र १५ गतेसम्मको अवधी कायम गर्ने व्यवस्था मिलाउन भनेको छ ।

 

IME Life
kumari