आइएफसीको सेयरमा थप लगानी गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को ३ हजार ५ सय ५८ कित्ता सेयर खरिद गर्ने भएको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको सोमबारको बैठकले आइएफसीमा सेयर हिस्सा बढाउने निर्णय गरेको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । योसँगै आइएफसीमा नेपालको सेयर स्वामित्व ९ हजार ८ सय २५ कित्ता पुगेको छ ।
नेपालले यो सेयर किन्दा प्रतिकित्ता १ हजार अमेरिकी डलरका दरले लगानी गर्नेछ । अहिले सेयर थपिएसँगै आइएफसीको नेपालसँग ९ हजार ८ सय २५ कित्ता सेयर पुगेको छ ।
सरकारले आइएफसीको जनरल क्यापिटल इन्क्रिज र स्पेसल क्यापिटल इन्क्रिज दुवै तर्फको सेयर किन्ने निर्णय गरेको हो ।





















