stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बैंक र सीडीसीबीच हबिबको शेयर विक्री सम्झौता स्थगित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको २० प्रतिशत संस्थापक शेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रूप ९सीडीसी०ले किन्ने सहमति भए पनि कोरोना महामारीका कारण हालका लागि स्थगित भएको छ ।

सीडीसीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभा (एजीएम) अर्थात् गत पुस दोस्रो सातापछि खरीद सम्झौता गर्ने भनेको थियो । तर, कोरोना महामारीका कारण तत्काललाई यो सम्झौता ‘होल्ड’ गर्न भनिएको बैंकले बताएको छ ।

हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमका अनुसार सीडीसीले कोरोनाका कारण आउजाउ गर्न सम्भव नभएकाले सन् २०२० भरिलाई उक्त शेयर खरीद सम्झौता होल्ड गर्ने भनेर जानकारी दिएको छ । ‘शेयर खरीद गर्नुअघिका केही प्रक्रिया तथा व्यवस्था मिलाउन र खरीद सम्झौता गर्न नेपाल नै आउनु पर्ने हुन्छ ।

तर, कोरोना संक्रमणका कारण उनीहरू नेपाल आउन सकेनन् । यसैले तत्काललाई होल्ड गर्ने भनेका छन्,’ उनले अभियानसँग भने, ‘सन् २०२० भरिका लागि स्थगित गर्न भनिएको छ । कोरोना महामारीको अवस्था हेरेर त्यसअनुसार सम्झौता अघि बढाउने उनीहरूको भनाइ छ ।’

गत वर्ष बैंकको वार्षिक साधारणसभा अघिसम्म हबिबको शेयरको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) को काम करीब ८० प्रतिशत सकिएको र बाँकी साधारणसभा पछि गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताएका थिए । तर, तत्कालै यसो हुन सकेन । कोरोनाले गर्दा शेयर स्वामित्व विक्री प्रक्रिया लम्बिने भएको हो ।

गत पुसमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेपछि हिमालयन बैंकको जारी पूँजी रु ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ रहेको छ । बैंकका अनुसार सीडीसीले हबिबको संस्थापक शेयर प्रतिकित्ता २८० रूपैयाँमा किनबेचको सहमति भएको थियो । बैंकको कुल शेयर संख्याको २० प्रतिशतले हुन आउने १ करोड ७० लाख ४० हजार ५११ कित्ता शेयर हबिबको नाममा छ ।

हबिबले शेयर विक्रीको निर्णय गरेपछि हिमालयन बैंकका संस्थापक शेयरधनीहरूलाई किन्न प्रस्ताव गरेको थियो । कानूनी रूपमा संस्थापक शेयर खरीद गर्ने पहिलो अधिकार संस्थाका अन्य संस्थापक शेयरधनीहरूलाई हुने भएकाले करीब डेढ वर्षअघि हबिबले त्यस्तो प्रस्ताव राखेको हो ।

तर, संस्थापक शेयरधनीले ४५ दिनभित्र शेयर नकिन्ने जवाफ दिएपछि हबिबले सीडीसीसँग सहमति गरेको थियो । हबिबमा सीडीसीको ५ प्रतिशत शेयर रहेको छ । दुई संस्थाबीच हिमालयन बैंकको संस्थापक शेयर किनबेच गर्नेबारे पहिलेदेखि नै छलफल भइरहेको थियो ।

हबिबको संस्थापक शेयर सीडीसीलाई विक्री गर्ने प्रक्रिया नटुंगिँदै हिमालयन बैंकले मर्जरका लागि तयारी शुरू गरेको छ । बैंकको सञ्चालक समितिले गत आइतवार मर्जर समिति गठन गर्ने निर्णय गरिसकेको तर माइन्यूट गर्न बाँकी रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

उनका अनुसार बैंक मर्जरमा गए पनि संस्थापक शेयर विक्रीमा कुनै अवरोध हुँदैन । १ वर्षअघि गठित मर्जर समितिले कुनै मर्जर तथा प्राप्तिको काम नगरेको बताउँदै अध्यक्ष गौतमले पुसमा नयाँ सञ्चालक समिति गठन भएपछि पुरानोलाई भंग गरी नयाँ समिति बनाइएको बताए ।

अब बैंकले मन मिल्ने कुनै एक वाणिज्य बैंकसँग मर्जर गर्ने योजना बनाएको उनको भनाइ छ । उनका अनुसार मर्जर समितिबाट विभिन्न बैंकसँग समन्वय गर्ने प्रयास भइरहेको र उपयुक्त तीनओटा वाणिज्य बैंकको नाम बोर्डमा पेश गरेपछि छलफल गरेर उपयुक्त हुने बैंकसँग मर्जरमा जानेछ । ‘अरूले मर्जर योसँग गर वा नगर भन्नु उपयुक्त हुँदैन,’ उनले  भने, ‘सरकारी स्वामित्वमा रहेका बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक बाहेक जुन बैंकसँग पनि मर्जर हुन सक्छ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई, खासगरी, क्रश होल्डिङ भएका बैंकलाई घुमाउरो पाराले गाभ्न तथा गाभिन बाध्य हुने गरी नीतिगत व्यवस्था गरेको छ । यसैले पनि वाणिज्य बैंकहरू मर्जर गर्न दबाबमा परेका छन् । आजको आर्थिक अभियान दैनिकबाट

prabhu mahalaxmi
kumari