stcnepal long ad
global ime bank long

स्नो रिभर्सको शेयर भोलिबाट कारोबारमा आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्नो रिभर्सको शेयर आउँदो भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। स्नो रिभर्सको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही बमोजिम यो कम्पनीको शेयर पनि भोलिबाट कारोबारमा आउने भएको हो। नेप्सेमा स्नो रिभर्सको १०० रुपैयाँ अंकित दरका कुल ९३ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको छ।

जसमा सर्वसाधारणको १८ लाख ७५ हजार कित्ता (२० प्रतिशत) र संस्थापकको ७५ लाख कित्ता (८० प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले स्नो रिभर्सलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘एसएनओआरएल’ पाएको छ।

भोलि स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

स्नो रिभर्सले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने जेठ १२ गते गरिएको थियो।

IME Lifesidebar
kumari