stcnepal long ad
ime life insurance
global ime bank long

भक्तपुरले ल्यायो दुई अर्ब ५५ करोडको बजेट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को अनुमानित आयव्यय बजेट प्रस्तुत गरेको छ ।

भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान र चालु वर्षको बैंक मौज्दातबाट व्यवस्थापन हुने गरी आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोडको बजेट प्रस्तुत गरिएको हो ।

विनियोजित बजेटको चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पूँजिगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरेको छ । बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावना बमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि कुल बजेटको २२.०६ प्रतिशत अर्थात् ५६ करोड २७ लाख ४० हजार विनियोजत गरेको छ ।

लगिित्यस्तै नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधायुक्त बनाउन र विशेषज्ञ सेवा विस्तार गर्न यसै आर्थिक वर्षभित्र एम.आर.आई. सेवा र आई.सी.यू. सेवा सञ्चालनको लागि कूल २३ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका समग्र कार्यक्रमहरूका लागि रु ३५ करोड ६४ लाख अर्थात् १३.९७ प्रतिशत बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले सम्पदा पुनर्निर्माण तथा संस्कृति संरक्षणका लागि आगामी वर्ष कुल ७ करोड ९० लाख, भौतिक पूर्वाधार निर्माणमा ३५ करोड अर्थात् १३.७२ प्रतिशत, पर्यटन प्रबद्र्धन गर्न कुल ३ करोड ८० लाख, वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापन शीर्षकमा २३ करोड १५ लाख ८० हजार, खेलकुद विकास र पूर्वाधार निर्माणमा ३ करोड ७५ लाख, विपद्को समयमा जनतालाई सुरक्षित राख्न, उद्धार र पुन: स्थापनाका लागि ‘प्रकोप व्यवस्थापन कोष’ लाई सुदृढ बनाउन ४० लाख बजेट विनियोजन गरेको छ ।

भक्तपुर नगरपालिकाले कृषि क्षेत्रअन्तर्गत पूर्वाधार विकास र बजारीकरण, सहुलियत र अनुदान, प्रांगारिक खेती र वातावरण संरक्षण, संस्थागत सहयोग र अध्ययनलगायतका कार्यक्रमहरुका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

साथै बजेट वक्तव्यमा नगरपालिकाका लागि आवश्यक जग्गा खरिद र सार्वजनिक भवनहरुको मर्मत सम्भारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ । नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८३’, ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गरेकी थिइन् ।

prabhu mahalaxmi
kumari