citizens life insurance long ad
stcnepal long ad

सगरमाथा इन्स्योरेन्सको साधारणसभा भदौ १३ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २३ औ वार्षिक साधारण सभा डाकेकोे छ। उक्त सभा आगामी भदौ १३ गते शनिबार कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान १० बजे बोलाएको हो ।

कम्पनीले मर्जर वा एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनीले साधारण सभामा निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउन विशेष प्रस्ताव लैजाने भएको छ ।

साथै, उक्त सभामा आर्थिक वर्ष २०७५/७६ को नाफारनोक्सानको हिसाब सहितको वित्तीय विवरण पारित गर्नेछ ।सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने भएको छ।

IME Life
kumari