stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

‘नेपाली सेनाको मुख्य लक्ष शान्ति स्थापना गर्नु हो’– प्रधान सेनापति सिग्देल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित भई राष्ट्रसंघीय शान्ति मिसनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गरेका छन् ।

नेपाली सेनाको मुख्य लक्ष शान्ति स्थापना गर्नु हो भन्दै प्रधान सेनापति सिग्देलले यही उद्देश्यमा अटल रहेर नेपाली सेनाले काम गरिरहेको स्पष्ट पारे । कामप्रतिको प्रतिबद्धता, व्यावसायिकता र इमान्दारिता नेपाली सेनाको पहिचान रहेको उल्लेख गर्दै उनले नेपाली सेनाले विश्वस्तरमा आर्जन गरेको प्रतिष्ठा नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताए ।

विभिन्न मिसनमा कार्यरत शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले भने, “हाल विभिन्न मिसनमा खटिएका तथा निकट भविष्यमा खटिन लागेका सबै शान्ति सैनिकहरू, तपाईँहरूको सेवाले द्वन्द्वका कारण जोखिममा परेका विश्वका लाखौँ नागरिकको आशा र भरोसा बोकेको हुन्छ ।

तपाईँहरूको व्यावसायिकता, करुणा, इमानदारिता र त्यागले नेपालको वास्तविक भावनाको प्रतिबिम्बित गर्दछ । यही तथ्यलाई आत्मसात् गरेर आफ्नो शान्ति स्थापना कार्यमा लाग्नुहोला ।”

 

prabhu mahalaxmi
kumari