stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईसी एशिया बैंकको आज जेठ १८ गते २८ औं  साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आज जेठ १८ गते सोमबार बोलाएको छ। बैंकले यसअघि नै शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

साधारण सभाले २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न र आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

साथै अधिकृत पूँजी वृद्धि गरी १९ अर्ब ९२ करोडबाट २७ अर्ब ३८ करोड बनाउन, जारी पूँजी १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट २७ अर्ब ३७ करोड ६३ लाख बनाउन र चुक्ता पूँजी १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट २७ अर्ब ३७ करोड ६३ लाख बनाउन स्वीकृति दिने र केन्द्रीय कार्यालय कमलादीस्थित आफ्नै भवनमा कायम गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका अतिरिक्त गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सहायक कम्पनी एनआईसी एशिया लघुवित्त र एनआईसी एशिया क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले जेठ ६ गतेदेखि १८ गतेसम्म बूक क्लोज गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जेठ ५ गतेसम्म कायम शेयरधनी मात्रै साधारण सभामा भाग लिन र मनदान गर्न योग्य हुनेछन्।

अठ्ठाईसौं वार्षिक साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट शुरु हुने छ।

prabhu mahalaxmi
kumari