citizens life insurance long ad
stcnepal long ad

शिखर इन्स्योरेन्सले बढायो नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा शिखर इन्स्योरेन्सको नाफा बढेको छ । यस अवधिमा नाफा ६.३९% ले बढेर ४५ करोड १ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष शिखरले ४२ करोड ३१ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बिमा कोषको आकार १.४४% ले बढेर १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषको आकार १ अर्ब ४ करोड २२ लाख ९५ हजार रुपैयाँ थियो ।

यता, खुद बिमा शुल्क भने घटेको छ । अघिल्लो वर्ष १ अर्ब २८ करोड ६१ लाख ८९ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क असार मसान्त सम्ममा १ अर्ब १८ करोड ५४ लाख ६८ हजार रुपैयाँमा आएको छ । यो अघिल्लो वर्षको तुलनामा ७.८३% ले कम हो । असार मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सले १ अर्ब ६७ करोड १८ लाख ७२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

८० करोड ४७ लाख ९१ हजार रुपैयाँ कुल दाबी भुक्तानी हुन बाँकी छ । यसअ वधिमा प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ २८८ रुपैयाँ ०२ पैसा रहेको छ । यस कम्पनीले महाविपत्ति कोषमा ९ करोड ४३ लाख ४३ हजार रुपैयाँ राखेको छ ।

IME Life
kumari