stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्रामीण विकास लघुवित्तको प्रथम साधारण सभा असार १४ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्रामीण विकास लघुवित्तको प्रथम साधारणसभा आगामी असार १४ गते हुने भएको छ। लघुवित्त कम्पनी सञ्चालक समितिको जेठ ३ गतेको बैठकले ग्रामीण विकास लघुवित्त र साविक समाज लघुवित्तसँग भएको मर्जरपछिको आर्थिक वर्ष २०८१/८२ को प्रथम साधारणसभाको मिति तोकेको हो।

बुटवलको सिद्धार्थ कटेजमा हुने साधारण सभामा भौतिकका साथै भर्चुअल उपस्थिति पनि जनाउन सकिनेछ। साधारण सभा प्रयोजानका लागि जेठ २२ गते एक दिन बुक क्लोज हुनेछ।

यसअनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनी साधारण सभामा सहभागी हुन सक्नेछन्।

prabhu mahalaxmi
kumari