stcnepal long ad
ime life insurance
national life
global ime bank long

साफ महिला च्याम्पियनसिपका लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । भारतको गोवामा मे २६ देखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेलेगोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीङ्गा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यसअघि बन्द प्रशिक्षणमा बोलाइएको ३५ खेलाडीबाट न्यौपानेले अन्तिम टोली छनोट गरेका हुन् ।नियमित कप्तान सावित्रा भण्डारी साम्बा घुँडाको चोटको शल्यक्रियापछि हाल कतारमा रिह्याब गरिरहेकोले यस पटक नेपालको कप्तानी फेरि एन्जिलाले गर्ने भएकी छिन् ।

च्याम्पियनसिपमा नेपाल समूह ए मा छ । यस समूहमा नेपालसँगै भुटान र श्रीलंका छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलंकासँग मे ३१ मा समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ ।

राखेपले एन्फालाई निलम्बन गरेपछि महिला टोलीले साफ महिला च्याम्पियनसिप खेल्ने अन्योल भइरहेको बेला राखेपले शुक्रबार एन्फाको निलम्बन फुकूवा गरेपछि साफ च्याम्पियनसिप खेल्ने पक्का भएको हो ।

२३ सदस्यी नेपाली टोली

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेण्डर : पूजा राना, गीता राना, विमला बिक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी

मिडफिल्डर : रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी

फरवार्ड : रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा

prabhu mahalaxmi
kumari