कोरोनाको सीधा प्रभाव बोटलर्स नेपालका दुवै कम्पनीमा
काठमाडौं । कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
दुवै कम्पनीको वित्तीय विवरण कोरोना महामारिबाट नराम्ररी प्रभावित भएको छ । असार मसान्त सम्ममा बोटलर्स नेपाल (बालाजु) ४ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानमा रहेको छ ।
अघिल्लो वर्ष यस कम्पनीले ७३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पछिल्लो ३ महिनामा मात्रै कम्पनीले ७ करोड १४ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ ।
सञ्चालन आम्दानी पनि ९ अर्ब ५० करोड रुपैयाँबाट घटेर ६ अर्ब ७७ करोड पुगेको छ । हाल यसको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ३ अर्ब ५५ करोड रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३५८ रुपैयाँ रहेको थियो । बोटलर्स नेपाल (बालाजु०) को प्रतिसेयर नेटवर्थ २ हजार ३३ रुपैयाँ छ ।
यता बोटलर्स नेपाल (तराई) पनि असार मसान्तसम्मममा १ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पछिल्लो ३ महिनामा मात्रै कम्पनीले ४ करोड २९ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । कम्पनीको सञ्चालन आम्दानी पनि ५ अर्ब ५८ करोड रुपैयाँबाट घटेर ४ अर्ब ६० करोड पुगेको छ ।
कम्पनीको कुल नाफा पनि १ अर्ब ७२ करोड रुपैयाँबाट घटेर १ अर्ब १३ करोड रुपैयाँमा झरेको छ । हाल यसको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ ।
यस्तै, जगेडा कोषमा २ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३७५ रुपैयाँ रहेको थियो । बोटलर्स नेपाल ९तराई० को प्रतिसेयर नेटवर्थ १ हजार ८८५ रुपैयाँ छ ।























