citizens life insurance long ad

सानिमा जिआईसी इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

इन्स्योरेन्स कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। इन्स्योरेन्स कम्पनीमा बीमा गरी दाबी निवेदन पेस भएका तर हालसम्म पनि आवश्यक कागजपत्र बीमितबाट प्राप्त नभएकोले दाबी फर्छ्यौटमा बाधा परिरहेको इन्स्योरेन्स कम्पनीले जनाएको छ।

त्यसैले अबको ३५ दिनभित्र आवश्यक कागजातसहित इन्स्योरेन्स कम्पनीको पायक पर्ने प्रदेश, शाखा, उपशाखा तथा केन्द्रीय कार्यालयको दाबी विभागमा सम्पर्क गरी बीमा दाबी रकम फर्छ्यौट गर्न कम्पनीले आग्रह गरेको छ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी फाइलहरु बन्द गरिने इन्स्योरेन्स कम्पनीले स्पष्ट पारेको छ।

IME Lifesidebar
kumari