stcnepal long ad
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेसनले ५९औँ वार्षिक साधारणसभा जेठ २९ मा बोलायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा सस्तो र सुलभ रूपमा आयोडिन नुन लगायत दैनिक उपभोग्य सामाग्रीको व्यापार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको तीन महिनापछि कम्पनीको हिजो वैशाख ३० गते बसेको सञ्चालक समिति बैठकले ५९औँ वार्षिक साधारण सभा आगामी जेठ २९ गते बोलाएको हो ।

यसअघि कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस निर्णय अनुसार कर्पोरेशनले ३ करोड ४ लाख ६८ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा १६ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने भएको छ । हालका लेखापरीक्षक कुबेर एन भट्टराई एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१०) (ख) बमोजिम ऋण सुविधा लिने प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्ने बताइएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यसअनुसार जेठ १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम रहेका सेयरधनीहरूले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने कर्पोरेसनले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिन नुन, एसटिडी ग्यास, चामल, चिनी, दाल,गेडागुडी, खानेतेल, मसला, चिया, रासायनिक मल लगायतका सामाग्री आयात गरि अति कम मुनाफा लिएर देशभर सुपथ मूल्यमा बिक्री–वितरण गर्दै आएको छ। साधारण सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

 

IME Lifesidebar
kumari