citizens life insurance long ad
stcnepal long ad

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा नाफा घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा लुम्बिनी जनरल इन्सुरेन्सको नाफा घटेको छ । यसअवधिमा नाफा ३१.४३% ले घटेर २० करोड ४१ लाख रुपैयाँमा आएको हो ।

अघिल्लो वर्ष कम्पनीले २५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि ११.३६% ले घटेर ५८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले ६६ करोड ३७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

अघिल्लो वर्ष ५६ करोड ९८ लाख रुपैयाँ रहेको बिमा कोषको आकार असार सम्ममा ६४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । असार मसान्त सम्ममा १ अर्ब १४ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीले कुल ७६ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा छ ।

IME Life
kumari