citizens life insurance long ad
stcnepal long ad

बुटवलमा उपमहानगरका कर्मचारी सहित १६ नयाँ संक्रमित थपिए

Nimb long ad
Prabhu Insurance Long Ad

बुटवल । बुटवल उपमहानगरपालिकामा १६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएका १३ जना समुदायस्तरका हुन् भने तीनजना उपमहानगरपालिकाका कर्मचारी हुन् ।

त्यसमध्ये दुईजना शाखा प्रमुख रहेका छन् । यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार आइतबार संक्रमण पुष्टि भएकाहरुको विस्तृत विवरण आइनसके पनि अधिकांश कालिकानगर क्षेत्रका हुन् । तीमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएकोमध्येका ७ जना हुन्।

१५ जनामध्ये अरुको रिपोर्ट नेगेटिभ आएको छ। एकजना वडा नं २ का हुन् । यो सँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ।

IME Life
kumari