citizens life insurance long ad
stcnepal long ad

काठमाडौ काेराेना आतंकले अस्तव्यस्त

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । उपत्यकाकामा दैनिक कोरोना संक्रमित बढदै गएका छन । शनिवार मात्रै ९८ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । काठमाडौंमा ८०, ललितपुर र भक्तपुरमा नाै-नाै जनालाई काेराेना संक्रमित भएकाे पाइएकाे छ ।
अहिले राजधानीमा काेराेना संक्रमित बढनुमा तराई-मधेस,भारत र तेस्राे मुलुकवाट आउनेहरूले संक्रमण बढाएकाे देखिन्छ । काेराेनाले ५ महिनामा १०२ जनाकाे मात्र मृत्युु हुनु याे सामान्य राेगका रूपमा लिनु पर्दछ। किनभने टिभि,सामान्य झाडा पखाला, हैजा, प्रसुति, जापानिज ईन्सेफलाइटिस,म्यानेन्जाइस्टिक,काला ज्वार,कुपोषण, आत्महत्या ,चट्याङ, बाढी,पहिराे, डुवान, सर्पकाे टाेकाइ, उच्चरक्तचाप, मुटु राेग, मृगाैला राेग, मधुमेह,फाेक्साे, कलेजाे, आन्द्रकाे राेग, सवारी दुर्घटना, कुटपिट, हत्या जस्ता घटनावाट बर्सेनि हजाराै मानिसकाे मृत्यु हुँदै आएकाे छ ।
काेराेनाकाे मृत्युु दर न्यून नै देखिन्छ । यधपी यसकाे बृद्विदर तिव्र छ ,यसले त्रास फैलिएकाे देखिन्छ। काेराेनाकाे मृत्युु दर भन्दा पनि त्यसद्वारा सिर्जित आतङ्क र सरकारी नालायकीपन नेपालमा खतराकाे घण्टी भइरहेको छ । २५ हजारभन्दा बढी सङ्क्रमित भइसक्दा १६ हजार निको भइसकेको भनिएको छ भने १०२ जनाकाे मृत्यु भएको छ ।
विविध रोग (विशेषगरी श्वासप्रश्वास सम्बन्धी) का पीडितहरू र प्रतिरोधात्मक क्षमता कमजोर रहेका मानिसहरू कोरोना सङ्क्रमण पश्चात् मृत्युवरण गरिरहेका छन् । यसरी हेर्ने हो भने कोभिड महामारी होइन ।
यसभन्दा बढी मानिसहरू आत्महत्या तथा अन्य सामाजिक अपराधका कारण मृत्युवरण गरिरहेका छन् । यसबीच दैनिक १७ देखि २० ले आत्महत्या गरिरहेका छन् । जीवन उस्तै कष्टकर बनिरहेको छ । ज्यालादारी श्रमिकहरूको हालत झन् खराब बन्दै गएको छ ।
सत्ताधारीहरू लुट्न व्यस्त छन्, व्यापारीहरू ठग्न व्यस्त छन् । व्यापारीको नाफा थोर होला कि भनेर सर्वसाधारणले तोकिएकोभन्दा बढी मूल्य तिर्नु परिरहेको छ । डेढा भन्दा बढी गाडी भाडा वृद्धि गर्नु तथा निजी अस्पतालले महँगो उपचार शुल्क लिनु वैधानिक ठगीका उत्कृष्ट उदाहरण हुन् ।
लुट्न र ठग्न व्यस्त भएकाहरूलाई यो स्थिति सधैं कायम नै रहोस् भन्ने छ । त्यसैले, विभिन्न रोगका बिरामी तथा प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूको विशेष ख्याल राख्दै भौतिक दूरी लगायतका नियम पालना गर्दै सामान्य जीवनतर्फ नफर्किने हो भने स्थिति झन् भयावह हुने देखिन्छ ।
नत्र महामारी नामको मनोवैज्ञानिक आतङ्कले जनजीवनलाई अझै भयानक बर्बादीतर्फ लैजानबाट कसैले रोक्न सक्दैन । यस्तै अवस्था अरू तीन चार महिना लम्विने हाे भने देशकाे अर्थतन्त्र तहसनहस हुने निश्चित देखिन्छ । त्यसैले काेराेना कहर देखाएर सरकारी सेवा स्थगन गर्ने,व्यापार व्यवसाय खुम्चाउने र समाज र जनजिवनलाई त्रसित पार्ने काम नगराै, सचेत र सजग हाै,काेराेना कहर केही पनि हाेईन ।
IME Life
kumari