citizens life insurance long ad
stcnepal long ad

नेकपाकाे ६ सदस्यीय कार्यदललाई ६ वुँदे सुझाव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेकपाभित्र देखिएकाे विवाद समाधान खाेज्न अध्यक्षद्वय केपि शर्मा ओली र प्रचण्ड दाेस्राे तहका ६ जना नेता रहेकाे कार्यदल बनाउन सहमत भई कार्यदलले विगत दुई दिन देखि काम गरिरहेकाे छ ।

कार्यदलमा नेकपा महासचिव विष्णु पाैड्यालकाे नेतृत्वमा स्थायी समिति सदस्यहरू भिम बहादुर रावल , पम्फा भुषाल , शंकर पोखरेल ,सुरेन्द्र प्रसाद पाण्डे, जनार्दन शर्मा रहेका छन । याे ६ सदस्यीय कार्यदलले राष्ट्र र पार्टीलाई बलियो बनाउन देखिएका अन्तरविरोधहरुलाई उचित ढङ्गबाट हल गरि निकास दिन पार्टीमा पेस गर्नु पर्ने जायज प्रस्ताव निर्माणको गर्ने कार्यदेश पाएकाे छ ।

कार्यदलले कसरी निकासकाे विन्दु खाेज्ला सबैतिर काैतुहलता रहेकाे छ ।नेकपाका नेता र कार्यकर्ताहरूले निकासकाे विन्दु पहिल्याउन यस्ता सुझाव र सल्लाह दिन थालेका छन्।

१) दिर्घकालिन प्रकृतिका मूर्त राष्ट्रिय एजेण्डा तय गरि यसैको जगमा सिङ्गो मूलुक हाँक्ने नीति तथा कार्यक्रमको प्रस्तावका साथ सहमति, विधि ,विधान र नीतिका आधारमा पार्टी एकताका बाँकी कार्यभार पूरा गर्ने ।

२) राष्ट्रघाति एमसिसी खारेज गर्दै असमान सन्धि सम्झाैता पुनरावलोकन ।

३) कोभिड १९ लाई ख्याल गरि उचित समयमा विचार र नेतृत्व निर्माणका लागि महाधिवेसन सम्पन्न गर्न स्थगित स्थायी समितिको वैठक मार्फत केन्द्रिय समिति वैठकको मिति तय, केन्द्रिय समितिको वैठकबाट केन्द्रिय समितिलाई महाधिवेसन आयोजक समितिमा वदल्ने।

४) प्रदेश र सङ्घीय सरकारको पूनर्गठन र खल्तीबाट गरिएका सबै राजनीतिक नियुक्तिहरुको वदर गरि पार्टी निर्णय मूताविक योग्यलाई पुन: नियुक्तिको नीति ।

५) एकता ,सङ्घर्ष ,रुपान्तणको अनन्त श्रृङ्खलाले मानव मुक्तिको अग्रदस्ता पार्टीलाई उचित मार्गमा दिशानिर्देश गर्ने द्वन्दात्मक भाैतिकवादी सिद्वान्त आत्मसाथ गरि तलदेखि माथि सम्म नेता ,कार्यकर्ताहरुको न्यायिक कार्य बिभाजनको दिर्घकालिन नीति ।

६) छिमेकी चीन र भारत मैत्री वाहिय सन्तुलनमुखी विदेश नीति स्थापित गर्दै सबै पक्ष र शक्तिका वीच सन्तुलित सम्बन्ध स्थापित गर्न राष्ट्रिय एकता निर्माणको रोड म्याप ।

IME Life
kumari