stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डाक्टर मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले चैत १८ मा अवकास पाएपछि प्रधानन्यायाधीश पद रिक्त छ । वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान अहिले कायमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् ।

रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको थियो।

न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।

prabhu mahalaxmi
kumari