citizens life insurance long ad
stcnepal long ad

शिवम् सिमेन्ट्सको १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिवम सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३०.१२% ले घटेको छ । अघिल्लो वर्ष यस कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, सिमेन्ट बिक्रीबाट हुने आम्दानी पनि ११ अर्ब ३४ करोड रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा झरेको छ । सिमेन्ट बिक्रीमा कमी आएपछि समग्र नाफा घटेको कम्पनीको भनाई छ । लक डाउनका कारण सिमेन्ट बिक्रीमा ह्रास आएको हो । अन्य स्रोतबाट हुने आम्दानी पनि सामान्य प्रभावित भएको छ ।

अघिल्लो वर्ष १ करोड ३७ लाख रुपैयाँ अन्य स्रोतबाट कमाई भएकामा यसपटक यस शीर्षकमा १ करोड ३१ लाख रुपैयाँ कमाई भएको देखिन्छ ।

हाल विश्वभी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लक डाउनका कारण नियमित उद्योग सञ्चालन तथा कारोबार प्रभावित हुँदा उत्पादन तथा बिक्री वितरण लगायतका कार्यहरुमा असर परेको कम्पनीको भनाई छ । सिमेन्ट उत्पादकहरुबीच बढ्दो प्रतिस्पर्धालाई पनि कम्पनीले चुनौतीको रुपमा देखाएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियम शीर्षकमा ९४ करोड रुपैयाँ छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसर्थ, सेयर प्रिमियम र रिटेन्ड अर्निङलाई जोड्दा सेयरधनीले लाभांश बापत प्राप्त गर्न सक्ने रकम भने आकर्षक नै रहेको देख्न सकिन्छ । सेयर प्रिमियममा रहेको पैसा बोनस वितरणमा खर्च गर्न मिल्छ ।

यसअवधिमा कम्पनीको बिक्री लागत ६ अर्ब ४७ लाख हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०६ पैसा ९वार्षिक० रहेको शिवमको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ४३ पैसा छ ।

शिवमले सहायक कम्पनीहरुमा ३ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ । शिवमको होङसी सिमेन्टमा लगानी छ ।

IME Life
kumari