stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हवाईसेवा क्षेत्र आर्थिक सङ्कटमा,सरकारसँग राहत माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्यवृद्धि र घट्दो यात्रु उपलब्धताका कारण हवाईसेवा क्षेत्रमा आर्थिक सङ्कट उत्पन्न भएको जनाउँदै सरकारसँग राहत माग गरेको छ ।

पश्चिम एसियामा उत्पन्न तनावका कारण वायुसेवा कम्पनी गम्भीर आर्थिक सङ्कटमा परेको उल्लेख गर्दै सङ्घले सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष प्रतापजङ्ग पाण्डेका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्यान्डिङ, पार्किङ, नेभिगेसन, हाउजिङलगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरिएको छ । त्यस्तै विसं २०७८ चैत ३० मा स्वीकृत विमानस्थल सेवा शुल्क नियमावली, २०७८ तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

हवाई इन्धनमा भइरहेको मूल्यवृद्धि, पश्चिम एसियामा उत्पन्न द्वन्द्व, कोरोना महामारीको दीर्घकालीन प्रभाव तथा गत भदौमा भएको जेनजी आन्दोलनको प्रभावका कारण हवाई उद्योगमा थप दबाब सिर्जना गरेको उल्लेख गर्दै हाल लागु मौसमी शुल्क अन्तर्गत आन्तरिक उडानमा प्रत्येक उडान–अवतरणका लागि १० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्थाले समेत वायुसेवा कम्पनीको सञ्चालनमा समस्या भएको जनाउँदै सहुलियत दिन सरकारको ध्यानाकर्षण गराइएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार विगतमा कुल सञ्चालन खर्चको ३० देखि ४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेकोमा हाल यो अनुपात बढेर ५५ देखि ६० प्रतिशत पुगेको छ ।

prabhu mahalaxmi
kumari