सएटीएलले ल्यायो १५०० किमि रेन्ज र ६ मिनेटमै फूल चार्ज हुने ब्याट्री
काठमाडौं । ब्याट्री उत्पादनमा ख्याती कमाएको चिनियाँ कम्पनी सीएटीएलले सिंगल चार्जमा १ हजार ५०० किलोमिटर रेन्ज दिने नयाँ ब्याट्री विकास गरेको छ । कम्पनीको ‘कन्डेन्स्ड क्विलिन’ ब्याट्रीको नयाँ संस्करणले यति धेरै रेन्ज दिने दाबी गरिएको हो ।
सीएटीएलले आफ्नो शेन्सिङ ब्याट्री्मा समेत अपग्रेड गरेको छ, जसलाई ६ मिनेटमै १० देखी ९८ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । विश्व ईभी ब्याट्री बजारमा ५० प्रतिशत हाराहारी हिस्सा अगोट्न सफल सीएटीएलले नयाँ प्रविधीको विकासमा अर्बौ डलर लगानी गर्दै आएको छ । सीएटीएललाई अर्को चिनियाँ ब्रान्ड बीवाईडीले चुनौती दिँदै आएको छ ।
सीएटीएलले यसै वर्षको अन्त्यसम्म सोडियम–आयन ब्याट्रीको ठूलो परिमाणमा उत्पादन सुरु गर्ने पनि जनाएको छ, जसले लिथियम, कोबाल्ट र निकेलमा निर्भरता घटाउन सहयोग गर्नेछ । बेइजिङ अटो शोअघि यी घोषणाहरू गरिएको हो, जहाँ १ हजार ४०० नयाँ गाडी गाडी प्रदर्शनमा राखिनेछन् ।

























