stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जीवन बीमा कम्पनीहरुको रिन्यू व्यवसाय ९५ को वृद्धि 

आइएमई, रिलायबल र सन नेपाल ग्रोथमा अगाडि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत चैत मसान्तको तुलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ९ प्रतिशतले वृद्धि भएको छ।

गत बर्ष ९९ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा १ खर्बको व्यवसाय नविकरण गर्न सफल भएका छन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै आइएमई लाइफको नविकरण व्यवसाय वृद्धि भएको छ । कम्पनीको नविकरण बीमाशुल्क गत बर्षको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ।

दोस्रोमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नविकरण बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १९ प्रतिशतले वृद्धि भएको छ।

तेस्रोमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा नविकरण बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरेको छ ।

चौथौमा सिटिजन लाइफ रहेको छ । कम्पनीलेगत बर्षको तुलनामा १५ प्रतिशतले नविकरण बीमाशुल्क आर्जन बढाएको छ ।

त्यस्तै, सर्वाधिक कारोबार गर्ने तीन जीवन बीमा कम्पनीहरुको नविकरण ग्रोथ कमजोर देखिएको छ।

prabhu mahalaxmi
kumari