stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

 वैशाख २१ गतेदेखि सिद्धार्थ इक्विटी फण्ड–२ निष्काशनमा आउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापन र सिद्धार्थ बैंक लिमिटेडको प्रवर्द्धनमा सञ्चालन हुने ‘सिद्धार्थ इक्विटी फण्ड–२’ सार्वजनिक निष्काशनमा आउने भएको छ।

बन्दमुखी प्रकृतिको यस म्युचुअल फण्ड योजना अन्तर्गत सर्वसाधारणका लागि इकाई बिक्री वैशाख २१ गतेदेखि खुला गरिने कम्पनीले जनाएको छ।

कुल १० करोड इकाई निष्काशन गरिने यस योजनामा प्रति इकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ। जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीज पूँजीका रूपमा प्रवर्द्धक सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।

इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले आवेदन दिंदा प्रति इकाई १० रुपैयाँका दरले रकम भुक्तानी गर्नु पर्नेछ। इकाई बिक्री छिटोमा वैशाख २४ गतेसम्म र ढिलोमा जेठ ४ गतेसम्म खुला रहने जनाइएको छ।

१२ वर्ष अवधि रहने यस योजनामा न्यूनतम ५ करोड इकाई बिक्री हुनुपर्ने शर्त राखिएको छ। तोकिएको न्यूनतम इकाई बिक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने छ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा पनि सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari