stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कोका–कोला नेपालद्वारा फिफा विश्वकप २०२६ अभियानको भव्य शुभारम्भ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडाैं । कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा विश्वकप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ । काठमाडाैंमा आयोजित एक विशेष समारोहका बीच खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थितिमा यो अभियानको घोषणा गरिएको हो ।

अभियानको मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू अन्जन विष्ट र अन्जन राना मगरका साथै अभिनेत्री स्वस्तिमा खड्कालाई पनि प्रस्तुत गरिएको थियो । उनीहरूले स्टेजमा आफ्नो अनुभव साट्दै फुटबलले ल्याउने खुसी र उत्साहबारे आफ्ना धारणाहरू व्यक्त गरेका थिए ।

साथै कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरिएको थियो । ब्रान्ड एम्बासडर नियुक्त भएपछि खड्काले कोका–कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै कम्पनीप्रति आभार प्रकट गरे ।

समारोहमा फिफा विश्वकप २०२६ का स्टारहरू र अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्रीका साथै कोका–कोलाको आधिकारिक एन्थेम र नयाँ टेलिभिजन विज्ञापन (टिभीसी) समेत प्रदर्शन गरिएको थियो । यसै अवसरमा छिट्टै बजारमा आउने फिफा विश्वकप २०२६ को थिममा आधारित सीमित संस्करणका आधिकारिक ‘कोका–कोला फिफा प्याक’हरूको पहिलो झलक समेत देखाइएको थियो ।

कोका–कोला र फिफाबीचको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो, जुन सन् १९७४ मा सुरु भई सन् १९७८ देखि विश्वकपको आधिकारिक प्रायोजकको रूपमा रहँदै आएको छ ।

नेपालमा पनि पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहेको कोका–कोलाको यस नयाँ अभियानले विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग जोड्ने लक्ष्य राखेको छ ।

prabhu mahalaxmi
kumari