stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि आक्रमण

एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अल-कुसायर । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति मिसन (यूनिफिल) को पोस्टमा बम विस्फोट हुँदा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।

दक्षिणी लेबनानी गाउँ अदचित अल-कुसायर नजिकै रहेको सैन्य पोस्टमा मार्च २९ का दिन भएको उक्त विस्फोटमा अर्का एक सैनिक गम्भीर घाइते भएका छन् । यूनिफिलले सोमबार बिहान विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो ।

विस्फोट भएको वस्तु (प्रोजेक्टाइल) कहाँबाट र कसले प्रहार गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । राष्ट्रसंघीय मिसनले घटनाको सत्यतथ्य पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ ।

इजरायल र इरान समर्थित हिजबुल्लाह लडाकुहरूबिच जारी भिडन्तको केन्द्र मानिने दक्षिणी लेबनानको सीमा क्षेत्रमा यूनिफिलले निगरानी गर्दै आएको छ ।

पछिल्लो दुई वर्षयता इजरायल र हिजबुल्लाहको दोहोरो चपेटामा शान्ति सैनिकहरू पटक–पटक पर्ने गरेका छन् । यसअघि मार्च ६ मा पनि घानाका शान्ति सैनिकहरू बसेको मुख्यालयमा मिसाइल प्रहार हुँदा दुई सैनिक गम्भीर घाइते भएका थिए ।

prabhu mahalaxmi
kumari