stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारको कार्यसूची: लाइसेन्सका साथै पासपोर्ट र नागरिकता घर घरमै पुर्याउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ड्राइभिङ लाइसेन्सका साथै पासपोर्ट र नागरिकता समेत नागरिकको घर घरमै पुयाउने कार्यसूची सार्वजनिक गरेको छ ।

सरकारले हिजो साँझ शासकीय सुधारको विभिन्न सूची सार्वजनिक गरेको र यसमा लाइसेन्स सम्बन्धी सेवा समेत समावेश गरिएको हो । सो सूची पहिलो मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो । उक्त व्यवस्था आगामी सय दिनभित्र लागू गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।

‘सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी “Government Courier Service” का रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू/सामग्रीहरू घरमै पु-याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने,’ शासकीय सुधारका कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, यी सेवाहरू नागरिकलाई छिटो, सहज र बिचौलिया–मुक्त तरिकाले पूर्वानुमानयोग्य समय (Predictable Time) मा उपलब्ध गराउने व्यवस्था लागू गर्ने पनि विषय उल्लेख छ ।

साथै, सम्पूर्ण सेवा प्रक्रियालाई मुहारविहीन र समयवद्ध (faceless, time– bound) र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने पनि सरकारको कार्यसूचीमा छ ।

prabhu mahalaxmi
kumari