stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाले अहिलेसम्म इरानमा हान्यो ८५० टोमाहक मिसाइल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाले इरानविरुद्धको आक्रमणमा टोमाहक क्रुज मिसाइल व्यापक मात्रामा प्रयोग गरेको छ। जसलाई अमेरिकी शस्त्रागारमा एक प्रमुख हतियार मानिन्छ।

वासिङ्टन पोस्टका अनुसार अमेरिकाले ४ हप्तामा ८५० भन्दा बढी टोमाहक मिसाइल इरानमा प्रहार गरेको छ। अमेरिकी नौसेनासँग झन्डै ४ हजार टोमाहक मिसाइल रहेको अनुमान छ।

यदि यो सत्य हो भने टोमाहक मिसाइलको लगभग एक चौथाइ खाली भइसकेको छ। यसले रक्षा मन्त्रालयभित्र चिन्ता बढाएको छ। झन्डै ३४ करोड लागतको टोमाहक बनाउन लगभग दुई वर्ष लाग्न सक्छ। विज्ञहरूको अनुमानमा यो खाडल भर्न धेरै वर्ष लाग्नेछ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता इरानले अमेरिकी आधार रहेका खाडीका मुलुकमा आक्रमण गरिरहेको छ। जसका कारण एक महिनादेखि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।

prabhu mahalaxmi
kumari