stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चैत २२ गतेदेखि कालिन्चोक हाइड्रोपावरले सर्वसाधारणमा आईपीओ जारी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।चैत २२ गतेदेखि कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेसँगै अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ।

कम्पनीले अब बाँकी आईपीओमध्ये ४१ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिन्छ। आवेदन दिने अन्तिम मिति चैत २५ गते रहेको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari