चैत्र २८ मा नेपाल उद्योग वाणिज्य महासंघको ६० ओैं महाधिवेशन हुने
अन्जन श्रेष्ठ र हेमराज ढकालको छुट्टाछुट्टै समूह घोषणा
काठमाडौं । आगामी चैत्र २८ र २९ गते नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा ललितपुरको ग्वार्खुमा हुने भएको छ। साधारण सभासँगै महासंघको नयाँ नेतृत्वको लागि चैत्र ३० गते नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा निर्वाचन समेत हुँदैछ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले साधारण सभा र निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि महासंघमा आबद्व देशभरका ३५ लाख भन्दा बढी उद्यमी व्यवसायीहरूलाई चुनाव लागेको छ। महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा गरिएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ २०८२ चैत्र ३० पछि महासंघको विधान अनुसार स्वतह अध्यक्ष हुन्छन। वस्तुगत उपाध्यक्ष,जिल्लार नगर उपाध्यक्ष,एशोसिएट उपाध्यक्ष र वस्तुगत सदस्य,एशोसिएट सदस्य,जिल्लार नगर सदस्य र द्विराष्ट्रिय केन्द्रीय सदस्यको निर्वाचन हुनेछ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष,महिला उपाध्यक्ष र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले निर्वाचित गर्ने भएको छ। अर्को कार्यकालदेखि महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने गरि विधान संशोधन भएको छ।
महासंघको ६०औं वार्षिक साधारण सभामा नयाँ टिमका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गत चैत्र ९ गते रयाडिसन होटलबाट आफ्नो टिम घोषणा गरेर प्रचार(प्रसार थालेका छन् । सो समूहले अबको साधारण सभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर उम्मेदवार घोषणा गरेको छ ।
यस समूहबाट वस्तुगत उपाध्यक्षमा ग्याँस र पेट्रोलियम पदार्थका व्यवसायी शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा ओैषधि उत्पादक प्रवलजंग पाण्डे, जिल्ला(नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मालाई उम्मेदवारका रूपमा घोषणा गरेका छन् ।
यो समुहबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई वा हालका जिल्ला र नगर उपाध्यक्ष सुरकृष्ण वैद्य मध्ये एकलाई उम्मेदवार बनाउन छलफल भैरहेको छ। वस्तुगततर्फका सदस्यका उम्मेदवारहरूमा नेपाल आइसक्रिम उद्योग संघका अरनिकोराज भण्डारी, नेपाल दाना उत्पादक संघका रबिन पुरी,
नेपाल कुचो संघका राज कुमार कार्की,
नेपाल बिउ व्यवसायी संघका बसन्त चन्द्र मरहट्टा,नेपाल सिमेन्ट उद्योग संघका रघुनन्दन मारु,नेपाल कृषि मेशिनरी व्यवसायी संघका सुनिता नेहाफुकि, नेपाल प्लाइउड उत्पादक संघका होम प्रसाद घिमिरे, नेपाल पश्मिना उद्योग संघका धन प्रसाद लामिछाने, नेपाल धितोपत्र दलाल संघका धर्मराज सापकोटा, रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालका संघर्ष विष्ट,फ्लोरिकल्चर एशोसिएसन नेपालका राजेश भक्त श्रेष्ठ,जुत्ता उत्पादक संघका नानीराज घिमिरे, नेपाल वायो ग्यास प्रवर्द्धक संघका यम बहादुर थापा मगर,ढुवानी व्यवसायी महासंघ नेपालका विश्वनाथ खनाल, नेपाल इट्टा उद्योग संघका कृष्ण प्रसाद अवाले,नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसनका ध्रुव बहादुर गौतमलाई उम्मेदवार बनाइएको छ।
यस्तै जिल्लारनगरतर्फका
केन्द्रीय सदस्यहरूमा कोशी प्रदेशबाट नवीन रिजाल,बागमती प्रदेशबाट बेदबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट नवराज सुवेदी,लुम्बिनी प्रदेशबाट ठाकुर श्रेष्ठलाई उम्मेदवार बनेका छन। अन्य प्रदेशबाट उम्मेदवार चयनमा सहमति खोजिदैछ। एसोसिएट तर्फका केन्द्रीय सदस्य उम्मेदवार सदस्यहरूमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, इश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, निकोलश पाण्डे,प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल,ऋषि अग्रवाल चैनावाल,आर.एस. भण्डारी, शक्ति कुमार बेगानी, सुशील थापा, सुयस प्याकुरेल, उज्वल कुमार श्रेष्ठ उम्मेदवार बनेका छन। यो समुहबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारले निर्वाचन जित्ने चर्चा सुरू भएको छ।
यसैगरि महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालका भाई वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले पनि महासंघको नेतृत्वका लागि आफुलाई भावी वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गर्दै नयाँ टिम घोषणा गरेका छन ।
यो समुहले एक महिना अगाडि नै पदाधिकारीका उम्मेदवारहरू घोषणा गरेको थियो। ढकालको समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, एसोसिएट तर्फकी उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई नै दोहोर्याउने भएका छन । ढकाल समुहले जिल्ला र नगर उपाध्यक्षमा झापाका उमेश डालमिया र कल्पना गैरे उम्मेदवार बनेका छन् । यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्षमा कल्पना श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ ।
हेमराज ढकाल हाल महासंघका वस्तुगत उपाध्यक्ष रहेका छन । उनी महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइसमेत हुन् । ढकालले महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिई आफ्नो प्यानल घोषणा गरिसकेका छन् । विधानअनुसार वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष कार्यकारी समितिले चयन गर्ने भए पनि ढकालले अग्रिम रुपमा सिंगो टिमसँगै चुनावी मैदानमा उत्रिएका छन।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष कार्यसमितिले चयन गर्छ । तर पनि दुबै समुहले पूर्ण रूपमा टिम घोषणासहित अगाडि बढेका छन। पूर्व(पश्चिम, मेची(महाकालीदेखि र सबै प्रदेशलाई समेटेर समावेशी समूह बनाएका छन ।
ढकाल यसअघि उमेशलाल श्रेष्ठको टिमबाट वस्तुगत उपाध्यक्षमा जितेका थिए। अहिले ढकाल समुहले धेरै क्याल्कुलेसन गरेर, सोच–विचार गरेर योग्य र सक्षम टिम बनाएको दाबी ढकालले गरेका छन । यो समुहले जित हासिल गर्नेमा विश्वस्त देखिएको छ ।
यो समुहले जित हासिल गरेपछि उद्योगी व्यवसायीका समस्या समाधान गर्ने र देशमा लगानीको बाताबरण बनाउदै दिगो आर्थिक विकास गर्ने दाबी ढकालको छ।


























