stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गुडविल फाइनान्सको ३१औं वार्षिक साधारण सभा आज चैत १० गते बस्दै

शेयरधनीहरुलाई भने कुनै लाभांश प्रस्ताव गरेको छैन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले ३१औं वार्षिक साधारण सभा आज चैत १० गते बस्दैछ । फाइनान्स कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

शेयरधनीहरुलाई भने कुनै लाभांश प्रस्ताव गरेको छैन । साधारण सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्ने छ ।

साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा काठमाडौँको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari