stcnepal long ad
global ime bank long

एसियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख पुनर्जागरण गर्दा ५०% सम्म ब्याज छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन्।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखन्तर्गत २०८२ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरु पुनर्जागरण गर्दा ब्याज छुट सुविधा उपलब्ध हुने जानकारी गरेको हो।

जसअनुसार २०८२ फागुन ८ गतेबाट परिपक्व हुन बाँकी अवधि भएका ५ वर्षदेखि माथि अवधि व्यतित भएका बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधि व्यतित भएका बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

यो छुट सुविधा आज फागुन ८ गतेदेखि चैत २२ गतेभित्र व्यतित बीमालेख पुनर्जागरण गर्दा उपलब्ध हुने कम्पनीले स्पष्ट पारेको छ।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ। यसका साथै एकपटक ब्याज छुट लिइसकेका बीमितलाई पुनःब्याज छुट प्रदान प्रदान नगरिने पनि कम्पनीले प्रस्ट पारेको छ।

IME Lifesidebar
kumari