stcnepal long ad
ime life insurance
global ime bank long

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ आज फागुन ५ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको छ। आइपीओ बाँडफाँट कार्यक्रम बिहान ९ बजे राखिएको थियो।

कम्पनीले सर्वसाधारणका लागि गत माघ १८ गतेदेखि माघ २१ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। जसअनुसार सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आइपीओ बिक्री खुला गरिएको थियो।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार यो आइपीओमा २४ लाख ५२ हजार ६०२ आवेदकबाट कुल २ करोड ६९ लाख ३२ हजार ८०० कित्ता शेयर माग भएको थियो। जसमा २४ लाख ११ हजार ९२२ आवेदकबाट माग भएको २ करोड ६४ लाख ५३ हजार ४५० कित्ता सदर भएको छ भने ४० हजार ६८० आवेदकबाट माग भएको ४ लाख ७९ हजार ३५० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै करण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनैमध्ये एकजनाले थप १ कित्ता शेयर पाएका छन्। बाँडफाँट नतिजाअनुसार सदर आवेदकमध्ये २३ लाख ५४ हजार ६७९ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, सीडीसीएसीको मेरो शेयर र iporesult. cdsc.coc.np मा गएर हेर्न सकिनेछ।

prabhu mahalaxmi
kumari