stcnepal long ad
ime life insurance
global ime bank long

सूर्यकुण्ड हाइड्रोको आईपीओको बाँडफाँड आज हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओको बाँडफाँड आज हुदै छ । निष्काशन तथा विक्री प्रबन्धक कम्पनि कुमारी क्यापिटलका अनुसार आईपीओको बाँडफाँड आज बिहान ९ बजे गरिने जानकारी दिएको हो ।

कम्पनिले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेकोमा यस आइपिओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन् । यस कम्पनिको ५७ हजार २४३ जनालाई १०९१० कित्ताका दरले शेयर पर्ने छ ।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रहेको छ ।

prabhu mahalaxmi
kumari