stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भदौ १८ गते एनआईसी एशिया क्यापिटलको साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया क्यापिटलले भदौ १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त वार्षिक साधारण सभा विहान ९ बजे एनआइसी एशिया क्यापीटल रजिष्ट्रर कार्यालय थापाथलीमा गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव रहेको छ ।

उक्त साधारण सभाले अनुमोदन गरेपछि लाभांश रकम एनआईसी एशिया बैंकले पाउने छ । अहिले क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।

एनआईसी एशिया बैंकको शत प्रतिशत स्वामित्व रहेको क्यापिटलले बितरण गर्ने नगद लाभांश एनआईसी एशिया बैंकको आम्दानीमा गणना हुनेछ ।

prabhu mahalaxmi
kumari