citizens life insurance long ad
stcnepal long ad

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १३ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले १८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २७.०७ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २१ करोड ८० लाख रुपैयाँ र अन्य इक्विटीमा ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३४ करोड ६१ लाख रुपैयाँ थियो।

चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ८५ करोड ४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३३.३१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले २ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २२।५४ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको पुससम्म २ अर्ब ७७ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब २६ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २२।४७ प्रतिशतले बढेको छ।

शेयरपुँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ५.०२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ७.१६ रुपैयाँ थियो। पीई रेसियो ९७.६६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.०२ रुपैयाँ रहेको छ।

IME Life
kumari