stcnepal long ad
global ime bank long

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा पौडेल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । तत्कालीन सरकारले अध्यक्ष सरद ओझालाई बर्खास्त गरेपछि उक्त पद रिक्त थियो ।

मन्त्री अर्यालले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । अरू निर्णय नियमित प्रेस ब्रिफिङमार्फत जानकारी गराउने उहाँले बताउनुभयो ।

IME Lifesidebar
kumari