stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित रही माघ ४ गतेदेखि बिक्रीमा आएको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरीदका लागि आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ।

यसअघि निष्कासन बन्द छिटोमा माघ ८ गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि माघ १८ गतेसम्म निष्कासन अवधि थपिएको थियो। तर यसैबीच माग बमोजिम पर्याप्त आवेदन परेकाले आज बेलुकी बैंकिङ्ग समयपश्चात् निष्कासन बन्द गर्न लागिएको हो।

यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये बीज पूँजी बापत कम्तीमा २ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको कम्तीमा १५ प्रतिशतमध्ये नेपाल लाइफलाई १४ प्रतिशत वा २ करोड २४ लाख इकाई र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत वा १६ लाख इकाई सुरक्षित गरिएको छ।

यसरी बाँकी रहन आएको न्यूनतम १३ करोड ६० लाख इकाई भने सर्वसाधारण तथा संघसंस्थाहरूका लागि निष्कासन तथा बिक्री खुला गरिएको हो। यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईका लागि र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाई आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सिआस्वा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन्।

IME Lifesidebar
kumari