stcnepal long ad
ime life insurance
global ime bank long

मञ्जुश्री फाइनान्सले साढे १५%ले नाफा बढायो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १५.६३ प्रतिशतले बढेको छ।

चालु वर्षको पुससम्म कम्पनीको सञ्चालन मुनाफा घटेर १९ करोड १२ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २१ करोड ६१ लाख रुपैयाँ थियो। कम्पनीको सञ्चालन मुनाफा ११.५४ प्रतिशतले घटेको छ।

पुससम्म कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३९ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी १३.८७ प्रतिशतले बढी हो।

चुक्तापुँजी १ अर्ब ३५ करोड १५लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा २३ करोड ५६ लाख रुपैयाँ र रिजर्भमा ७८ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ३५ करोड ७८ लाख रुपैयाँ र रिजर्भमा ७३ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले २२ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीले २१ अर्ब ३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

चालु वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २०.०३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १७.३३ रुपैयाँ थियो। पीई रेसियो ३९.८९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७५.२९ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari