stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा ३६.१५ प्रतिशतले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशत कम हो । त्यसबेला बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको कुल सञ्चालन आम्दानी २८.६२ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा ३६.०४ प्रतिशत र वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशत घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा बैंकले ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस अवधिमा २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari