stcnepal long ad
ime life insurance
global ime bank long

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

बर्दिया । नेपालगञ्ज र बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ । हुनेवाट नहुनेलाई उपहार, न्यानो बाँडौ मानवता जोगाऔं भन्ने मुल उद्धेश्यका साथ  गुलरियाको राधाकृष्ण चौकमा एक कार्यक्रमका बिच उक्त कपडा बैंक शुभारुम्भ गरिएको हो।

चिसो मौसममा कोही पनि मानिस कपडा लगाउनबाट बञ्चित हुन नपरोश, साथै हामी सबैले सानो सानो सहयोगको साथ हातेमालो गरी अगाडी बढेपछि यो कठ्ङग्रीदो चिसो मौसममा बालबालिका देखि जेष्ठ नागरिकहरु सम्मालाई सहयोग पुग्ने उद्धेश्य बोकेर बास नेपाल बर्दिया शाखाका जुझारु युवाहरु मिलेर कपडा बैंक स्थापना गर्ने योजना अघि बढाए ।

हुनेले आर्थिक सहयोग तथा आर्थिक नहुनेहरु बाट कपडा संकलन गरेर आफ्नो अभियान लाई अगाडी बढाएका बास नेपाल बर्दिका शाखाका पदाधिकारीहरुले आज राधाकृष्ण चौकमा एक भब्य कार्यक्रमको आयोजना गरी उक्त कपडा बैंकको शुभारम्भ गरियो ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर बिक, कायकारी निर्देशक नमस्कार शाह, पुर्ब केन्द्रीय सदस्य नैन सुनार, जन सम्पर्क अधिकृत माधव कार्की,प्रशासन सहायक मिना घर्तिमगरको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि खुमेश सुबेदीले रिबन काटेर कपडा बैंकको शुभारम्भ गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि सुबेदी बाट कपडा लिन आएका ब्यक्तिहरुलाई कपडा प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले आफ्नो मन्तब्य राख्दै यस महान कार्यको थालनि गरेकोमा शाखाका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए ।

बिभिन्न पेशा ब्यवसायमा ब्यस्त हुँदा हुँदै पनि टिमको यो अग्रसरता सधैभरी रहिरहोश भन्दै कपडा बैकको स्थापना मात्र नभई यसलाई ब्यवस्थापन गर्न चुनौती रहेकोले त्यसतर्फ ध्यान दिन अनुरोध पनि गरे ।

त्यस्तै आफ्नो भनाई राख्दै बास नेपालका पुर्ब केन्द्रय सदस्य तथा गुलरिया नगरपालिकाको कार्यपालिका सदस्य नैन सुनारले शाखाले गरेका यी र यस्ता कार्यमा हामी सबैको समन्वय र सहकार्यको खाँचो हुने कुरा बताए ।

संकलन गरिएका कपडाहरु कपडा लिन आएका ब्यक्तिहरुलाई सोही अवसरमा बितरण गरिएको थियो ।

बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनाम को अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य बास बर्दिया शाखाका कोषाध्यक्ष राम भण्डारीले राखेका थिए । कार्यक्रम सञ्चालन बास नेपाल बर्दिया शाखाका सदस्य लक्ष्मण भण्डारीले गरेका थिए ।

prabhu mahalaxmi
kumari