stcnepal long ad
global ime bank long

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पुस २९ गते बत्तीसौं वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले पुस २९ गते मंगलबार बत्तीसौं वार्षिक साधारण सभा डाकेको छ। साधारण सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश .कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ।

त्यसैगरी कम्पनीको उद्देश्यमा सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने वा गराउने व्यवस्था थप गर्ने, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते शुक्रबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे बस्नेछ ।

IME Lifesidebar
kumari