stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड: क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताउनु भएको छ।

शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी (B2B)समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना साकार हुन नसक्ने जिकिर गर्नुभयो।

प्रविधि अब केवल सुविधा मात्र नभएर अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्दै उहाँले सुरक्षित डेटा भण्डारणको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयासहरू दिगो नहुने धारणा राख्नुभयो।

डिजिटल पूर्वाधारमा लगानीको आवश्यकता

अधिकारीले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अपरिहार्य रहेको बताउनुभयो। ‘क्लाउड पूर्वाधारले उद्यमीहरूलाई सर्भर र सुरक्षामा हुने ठूलो पुँजीगत खर्चबाट मुक्त गर्छ,’ उहाँले भन्नुभयो, ‘इ–कमर्स, फिनटेक र आइटी सेवा निर्यातमा नेपाली युवाहरूको आकर्षणलाई मूर्त रूप दिन भरपर्दो क्लाउड पूर्वाधार अनिवार्य छ।’

विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सन् २०३० सम्ममा डेटा सेन्टर बजार ६०२ बिलियन डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो। इस्टोनिया, सिंगापुर र भारत जस्ता देशहरूले डिजिटल पूर्वाधारमा लगानी गरेकै कारण विश्वव्यापी प्रतिस्पर्धामा अगाडि रहेको भन्दै नेपालले पनि सोही अनुरुपको रणनीति बनाउन ढिला गर्न नहुनेमा उहाँको जोड थियो।

तीन बुँदे सुधारको खाका

नेपालको डिजिटल आकाश साइबर सुरक्षाका दृष्टिले संवेदनशील रहेको र दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै अधिकारीले तीनवटा मुख्य सुधारका बुँदाहरू अघि सार्नुभयो:

१, नीतिगत सुधार: डेटा संरक्षण, साइबर सुरक्षा र डेटा स्थानीयकरण (Data Localization)का लागि स्पष्ट र लगानीमैत्री कानुनको निर्माण।

२, दक्ष जनशक्तिस् विश्वविद्यालय र उद्योगबीच सहकार्य गरी बजारको माग अनुसारका जनशक्ति उत्पादन।

३, डिजिटल समावेशितास् डिजिटल रूपान्तरणलाई काठमाडौँ बाहिर ग्रामीण भेगसम्म पुर्‍याउन दूरसञ्चार विकास कोषको प्रभावकारी प्रयोग।
नेपाललाई ‘टेक हब’ बनाउने लक्ष्य

नेपालको रणनीतिक अवस्थितिको फाइदा उठाउँदै दक्षिण एसियाकै ‘टेक हब’ को रूपमा विकास गर्न सकिने सम्भावना उहाँले औंल्याउनुभयो।

सार्वजनिक(निजी साझेदारी (PPP) मार्फत विदेशी लगानी आकर्षित गर्ने यो उपयुक्त समय भएको उहाँको भनाइ थियो।

समिटको समापनमा अधिकारीले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक, प्रदर्शक, र क्यान महासंघका केन्द्र, प्रदेश तथा जिल्ला तहका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। ‘हामी सबैको सहकार्यले मात्र नेपाली प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ,’ उहाँले भन्नुभयो।

prabhu mahalaxmi
kumari bank
kumari