stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच बैंकका ग्राहक महानुभावहरुलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिदै आएको सेवाहरुमा बैंकका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी)मा १००% छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन–ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५०% छुट साथै डाक्टरको परामर्श शुल्कमा ३०% र प्रयोगशाला परीक्षणमा २५% सम्मको छुट दिने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

prabhu mahalaxmi
kumari