citizens life insurance long ad
stcnepal long ad

आइएमई लाइफ इन्स्योरेन्समा आबद्धले कान्ति आरोग्य अस्पतालमा ५०% सम्म छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा उपचारसेवा लिदा ५० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट हुनेछ भने ल्यावटेस्ट तथा एक्स–रे मा ३० प्रतिशत, बेड चार्जमा २० प्रतिशत अपरेसन, भिडियो एक्स–रे र औषधिमा १० प्रतिशत छुट हुने भएको हो ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

कान्ति आरोग्य अस्पताल विभिन्न विशेषज्ञ सेवा प्रदान गर्ने नेपालगञ्ज क्षेत्रको ख्यातिप्राप्त अस्पताल हो । बिरामी–केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखेर अस्पतालले विभिन्न विषेज्ञ सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपालगञ्जको मुटुमा अवस्थित यस अस्पतालमा अत्याधुनिक सुविधा र स्पेशलिस्ट चिकित्सकहरूको टोलीमार्फत उच्चस्तरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Life
kumari