stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बरुण हाइड्रोपावरको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४.७५ प्रतिशतले हुन आउने ५ करोड ९ लाख २ हजार ४२५ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने २६ लाख ७९ हजार ७५ रुपैयाँ बराबरको नगद लाभांश छन्।

यसैगरी सञ्चालक समितिको बैठकले लाभांश पारित गर्न मंसिर २६ गते २२ औँ वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ।

साधारण सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउने छन्। बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

साधारण सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै सुझाव प्राप्त भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सोही साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ। सभाले सञ्चालकहरुको नियुक्ति पनि अनुमोदन गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ।

prabhu mahalaxmi
kumari