stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

वाणिज्य बैंकहरुको नाफामा गिरावट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म आइपुग्दा बैंकको नाफामा उल्लेख्य घटेको हो ।

चालू आर्थिक वर्ष को भदौसम्म वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएकामा थिए ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले नाफा कमाएको छ । यस बैंकले भदौ मसान्तसम्ममा १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ । जबकि यस बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ७.२६ प्रतिशतले घटेको छ ।

त्यस्तै, नविल बैंकको नाफा पनि १५.१७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाउँदा कुमारी बैंकले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कमाएको छ । प्राइम कमर्सियल बैंकले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कमाएको छ भने एनएमबीले १ अर्ब ३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकको रहेको छ । यस बैंकले यस अवधिमा ३५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, हिमालयन बैंकले ३७ करोड ७ लाख, माछापुच्छ्रेको ४८ करोड २० लाख र एनआईसी एशिया बैंकको ४९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

kumari bank
kumari
nawakantipur long