citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो रु ५० दरका ४२ करोड थान नयाँ नोट छाप्ने ठेक्का

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ५० दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ।केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई रु ५० दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो।

यो कम्पनीले १ करोड ४ लाख २२ हजार ५३५।२१ अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो।

राष्ट्र बैंकले गत साउन ९ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै रु ५० दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको थियो।

अब यो चिनियाँ कम्पनीले रु ५० दरका ४२ करोड थान नयाँ नोट छाप्नेछ। कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ।

IME Life
kumari